बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाको प्रभाव फरकफरक, बेल्जियममा १६ प्रतिशतको मृत्यु हुँदा रूसमा एक प्रतिशतभन्दा कम

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणको असर देशैपिच्छे फरक फरक देखिएको छ । संक्रमणको तुलनामा सबैभन्दा बढी मृत्यु बेल्जियममा भएको छ ।

विश्वभरको संक्रमणका आधारमा मृत्यु प्रतिशत भने ६ दशमलव ९१ प्रतिशत छ । केही साता अघिसम्म यो १० प्रतिशतसम्म थियो ।

यो सामग्री तयार पार्दासम्म बेल्जियममा ५१ हजार ४२० संक्रमित थिए । त्यहाँ ८ हजार ४१५ जनाको मृत्यु भइसकेको थियो । यो कुल मृत्युको १६ दशमलव २६ प्रतिशत हो ।

नेपाल फ्ल्यासले १५ हजारभन्दा बढी संक्रमित ३१ मुलुक तथ्याङ्क विश्लेषण गर्दा कतारमा सबैभन्दा कम शून्य दशमलव ०६ प्रतिशतको मृत्यु भएको छ । कतारमा १८ हजार ८९० जना संक्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ ।

एक लाख ७७ हजार १६० जना संक्रमित पुष्टि भइसकेको रसियामा १ हजार ६२५ जनाले ज्यान गुमाएका छन् । यो संक्रमण संख्याको आधारमा ० दशमलव ९१ प्रतिशत हो ।

अति संक्रमित ३१ मुलुकमध्ये एक प्रतिशतभन्दा कम मृत्यु भएका पाँच मुलुकमा कतार, सिंगापुर, बेलारुस, साउदी अरेबिया र रुस हुन् ।

१० प्रतिशतभन्दा बढी मृत्यु सामना गर्ने मुलुकमा बेल्जियमसहित ७ वटा देश छन् । बेलायतमा १५ प्रतिशतको हाराहारी संक्रमितले मृत्युवरण गरेका छन् । त्यहाँ २ लाख १ हजार १०१ जना संक्रमित पुग्दा ३० हजार ७६ जनाको ज्यान गएको छ । यो १४ दशमलव ९५ प्रतिशत हो ।

फ्रान्सको मृत्यु प्रतिशत १४ दशमलव ८१ प्रतिशत छ । त्यसपछि इटालीको १३ दशमलव ८४ प्रतिशत, नेदरल्यान्ड्सको १२ दशमलव ५८ प्रतिशत, स्विडेन  १२ दशमलव २९ प्रतिशत र स्पेन १० दशमलव १९ प्रतिशत छ ।

विश्वको कुल संक्रमितको ३२ प्रतिशतभन्दा बढी र मृत्युको २८ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको अमेरिका संक्रमणका आधारमा मृत्युको प्रतिशत निकाल्दा १४औँ स्थानमा परेको छ । अमेरिकामा करिब ६ प्रतिशतको मृत्यु भएको छ ।

सार्कका सदस्य मुलुक भारतमा ३ दशमलव ३६ प्रतिशत मृत्यु हुँदा पाकिस्तानमा २ दशमलव ३४ प्रतिशतको ज्यान गएको छ ।

हेर्नुस् ३१ देशमा संक्रमणका आधारमा मृत्यु प्रतिशत

  देश संक्रमित मृत्यु मृत्यु प्रतिशतमा
बेल्जियम    ५१,४२०    ८,४१५ १६.३६
बेलायत २,०१,१०१ ३०,०७६ १४.९५
फ्रान्स  १,७४,१९१    २५,८०९ १४.८१
इटाली २,१४,४५७ २९,६८४ १३.८४
नेदरल्यान्ड्स ४१,३१९ ५,२०४ १२.५९
स्वीडेन २३,९१८ २,९४१ १२.२९
स्पेन २,५६,८५५ २६,०७० १०.१९
मेक्सिको २७,६३४ २,७०४ ९.७८
ब्राजिल १,२६,६११ ८,५८८ ६.७८
१० क्यानडा ६३,४९६ ४,२३२ ६.६६
११ इरान १,०१,६५० ६,४१८ ६.३१
१२ आयरल्यान्ड २२,२४८ १,३७५ ६.१८
१३ स्विटजरल्यान्ड ३०,१२६ १,८०५ ५.९९
१४ अमेरिका
USA
१२,६३,२४३ ७४,८०९ ५.९२
१५ चीन ८२,८८५ ४,६३३ ५.५८
१६ इक्वेडर २९,४२० १,६१८ ५.४९
१७ जर्मनी १,६८,१६२ ७,२७५ ४.३२
१८ पोर्चुगल २६,१८२ १,०८९ ४.१५
१९ अस्ट्रिया १५,७५२ ६०९ ३.८६
२० भारत ५३,०४५ १,७८७ ३.३६
२१ पेरु ५४,८१७ १,५३३ २.७९
२२ टर्की १,३१,७४४ ३,५८४ २.७२
२३ पाकिस्तान २४,०७३ ५६४ २.३४
२४ इजरायल १६,३४६ २३९ १.४६
२५ चिली २३,०४८ २८१ १.२१
२६ युएई १६२४० १६५ १.०१
२७ रुस
Russia
१,७७,१६० १,६२५ ०.९१
२८ साउदी अरेबिया
Saudi Arabia
३१,९३८ २०९ ०.६५
२९ बेलारुस १९,२५५ ११२ ०.५८
३० सिंगापुर
Singapore
२०,९३९ २० ०.०९
३१
Belarus
कतार
१८,८९० १२ ०.०६

(अहिलेसम्म १५ हजारभन्दा बढी संक्रमित हुने ३१ वटा देश छन् । यहाँ ती मुलुकको मृत्यु प्रतिशतकोमात्र विश्लेषण गरिएको हो ।)


कस्तो लाग्यो ?

यो पनि