बैशाख ०८, २०८१, शनिबार
               

साइप्रसमा नेपालीले नै गरे नेपालीको हत्या

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

निकोसिया । साइप्रसमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। अपार्टमेन्टमा सँगै बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएका हुन् ।

साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार, चितवन, रत्ननगर नगरपालिका-१२ जमुनापुरका २१ वर्षीय विवेक साइप्रसमा अध्ययनरत थिए । उनी राजधानी निकोसिया नजिकै बस्दै आएका थिए ।

साइप्रसमा रहेका नेपालीहरुका अनुसार, आक्रमणकारी सुवास गिरी नामक युवक हुन् । उनी सिन्धुपाल्चोकका हुन्। मंगलबार राति छुरा प्रहार गरेपछि सुवास आफैँ प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका थिए।

साइप्रसको सञ्चार माध्यमका अनुसार अपार्टमेन्टमा बस्ने चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। 

उक्त अपार्टमेन्टमा पाँच जना नेपाली विद्यार्थी बस्दै आएका थिए। मंगलबार साँझ रक्सी पिएपछि झगडा हुँदा विवेकमाथि छुरा प्रहार भएको हो ।

त्यहाँ रहेका नेपालीका अनुसार भन्सा र सरसफाईको विषयमा विवाद बढेपछि उक्त घटना भएको हो।

गैरआवासीय नेपाली संघ साइप्रसले पनि नेपालीद्वारा नेपालीको हत्या भएको पुष्टि गरेको छ। यो मुद्दा आज अदालत पेश हुँदै गरेको संघले बताएको छ।

साइप्रसमा करिब ४ हजार नेपाली विद्यार्थी छन्। 


कस्तो लाग्यो ?

यो पनि