बैशाख ०८, २०८१, शनिबार
               

नेपाल एष्ट्रोनोमिकल सोसाइटीद्वारा ७ सय ५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

नेपाली विज्ञान विषयका विद्यार्थी तथा शिक्षकले हालसम्म ७ सय ५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमार्फत विज्ञानका नेपाली विद्यार्थी तथा शिक्षकले प्रारम्भिक रुपमा ७५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेको अध्यक्ष सुरेश भट्टराईलेलाई जानकारी दिए ।

अहिलेसम्म सात क्षुद्रग्रहले अस्थायी पहिचान पाइसकेको पनि उनले बताए । उक्त क्षुद्रग्रह सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन् । अस्थायी पहिचान प्राप्त गर्न सफल क्षुद्रग्रहमा २०१८ वाईएस चार, २०१९  एई १८, २०१९ जेएफ ६०, २०१९ केबी १५, २०१९ केके १८, २०१९ केडब्ल्यू नौ र २०१९ केके पाँच छन् ।

सातमध्ये पहिलो छ क्षुद्रग्रह मेनबेल्ट एस्टेरोइड हुन् । अन्तिम सातौँ एपोलो समूहको नियर अर्थ एस्टेरोइड हो । यी क्षुद्रग्रह कक्षा ८ देखि स्नातकोत्तर पढ्दै गरेका विद्यार्थी एवं माध्यमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाले पत्ता लगाएका हुन् ।

खोज अभियानमा भाग लिएका विद्यार्थीले अमेरिकाको हवाईस्थित १।८ मिटरको टेलिस्कोपले खिचेका तस्बिरमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिइएको सफ्टवेयरमार्फत खोजी गरेका थिए ।

सन् २०१८ देखि सोसाइटीले क्षुद्रग्रह खोज तालीम सञ्चालन गरेसँगै कार्यक्रम थप प्रभावकारी बन्दै गएको छ । 


कस्तो लाग्यो ?

यो पनि