चैत १६, २०८०, शुक्रबार
               

महिलाले आफ्नै लोग्नेलाई बिक्रीमा राखिन्

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

महामारीका कारण लकडाउन हुँदा विश्वका अर्बौँ मानिस घरभित्रै बस्न बाध्य छन् ।सधैं कामकाजको तनावले सँगै बस्न नपाउने परिवारका सदस्यसमेत अहिले सँगै बस्न त पाएका छन् । तर, घरमा आवश्यकता भन्दा धेरै समय सबैजना एकसाथ रहँदा त्यसले पारिवारिक कलहसमेत निम्त्याउन थालेको छ । 

कोरोना भाइरस महामारीको लकडाउन सकिएसँगै विश्वमा पति पत्नीबीच सम्बन्ध विच्छेदका घटनामा तीव्र वृद्धि हुने प्रक्षेपण विज्ञहरूले गरिसकेका छन् । तर दम्पतीहरूमा लकडाउन सकिने अवधिसम्म समेत पर्खिने धैर्यता गुम्न थालेको छ । 

अहिले सामाजिक सन्जालमा एउटा तस्वीर निकै भाइरल बनिरहेको छ । जहाँ एकजना महिलाले आफ्नो लोग्ने बिक्रीमा रहेको व्यहोराको विज्ञापनको बोर्ड आफ्नो घर बाहिर झुन्ड्याएकी छिन् ।

उक्त बोर्डमा लेखिएको छ, ‘माई हसब्यान्ड अन सेल’ अर्थात् मेरो लोग्ने बिक्रीमा छ । यद्यपि, सोसल मिडियामा भाइरल बनेको उक्त तस्वीर कुन देशको हो भन्नेचाहिँ खुलाइएको छैन ।

तथापि, यसले कोरोना भाइरस महामारीले पति पत्नीबीचको खटपटमा वृद्धि हुनुका साथै पारिवारिक कलह तथा विखण्डनको समेत सिर्जना गरेको चाहिँ अनुमान गर्न सकिन्छ । एजेन्सीको सहयोगमा


कस्तो लाग्यो ?

यो पनि