बैशाख १३, २०८१, बिहीबार
               

जानकी जन्मोत्सवमा यस वर्ष सामान्य पूजापाठ मात्रै

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

 कोभिड–१९को जोखिमलाई ध्यान दिदैँ जनकपुरको जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उत्सवका कार्यक्रम स्थगन गरी यसपटक मन्दिरमा जन्म संस्कार विधि एवं पूजापाठ गरी मनाइँदै छ ।

जन्मोत्सवका दिन  जानकी मन्दिरमा नौ दिनसम्म बधाइ गीत, प्रवचन, दूधमति स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सवलगायतका कार्यक्रममा देश–विदेशका हजाराैँ साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेकामा यसपटक कलश स्थापना गरी दैनिक पूजापाठ मात्र भइरहेको छ ।

 जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको जनाइएको छ । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ । यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेकोमा यसपटक कोरोना जोखिमका कारण सबै कार्यक्रम स्थगन गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि