चैत १६, २०८०, शुक्रबार
               

कोरोना रोक्न नागढुंगामा 'डिस्इन्फेक्सन स्प्रेइङ टनेल' (फोटोफिचर)

ADVERTISEMENT

काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका चन्द्रागिरि २ स्थित नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरिएको स्विच थिचेर उद्घाटन गरेका हुन् ।

उद्घाटन भएसँगै ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ ।

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको बताए ।  

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले तीन महिनासम्म टनेलका लागि आवश्यक केमिकल (सोडियम हाईड्रोक्लोराईड) पानी आवश्यक जनशक्ति, बिद्धुत सडक लाईटको व्यवस्थापन भईसकेको जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रबक्ता हरिभक्त महर्जनले कोरोना भाईरस पुर्ण रूपमा नियन्त्रण नभएसम्म डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा रहने र केही दिनमा साना गाडी र मोटरसाईकलका लागि छुट्टाछुट्टै टनेल निर्माणकार्यका लागि आवश्यक प्रकृया अघि बढेको बताए ।

काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो
भने चन्द्रागिरि नगरपालिकाले स्थान, पानीको ब्यवस्थापन र सुरक्षाको प्रर्बधन गरेको महानगर प्रमुख घनश्याम गिरीले बताए ।

यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ । टनेल सञ्चालन नागढुंगा प्रहरीले गर्नेछ ।

टनेल निर्माण पश्चात् राजधानी (काठमाडौं) भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन भएपछि मात्र राजधानी प्रवेश गर्न पाउने छन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि