बैशाख ०७, २०८१, शुक्रबार
               

मुख्यमन्त्री राउतद्धारा रमजान पर्वको शुभकामना

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा सबैमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ जारी  विज्ञप्तिमा भनिएको छ, 'यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने छ ।'

उनले विश्व अहिले कोरोना चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणका लागि लकडाउनसमेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्मालम्बीहरुलाई घरमै नमाज पढ्न र भीडभाड नगर्न आग्रह गरेका छन्।


कस्तो लाग्यो ?

यो पनि