बैशाख १२, २०८१, बुधबार
               

रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

इस्लाम धर्मावलम्बीको मुख्य पर्व रमजान शनिबारदेखि सुरु भएको छ । यस पर्वमा मुस्लिमहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवत्काे नवौँ महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत् १४४१ हो ।

रमजानको समयमा मुस्लिमहरू आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गर्थे । तर, विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नियमित प्रेस ब्रिफिङको क्रममा शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भए पनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरिएको छ

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रूपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।


कस्तो लाग्यो ?

यो पनि