बैशाख १२, २०८१, बुधबार
               

सङ्कटका सारथि – सुनील

ADVERTISEMENT

महासंकटको सारथिको रूपमा देखा परेका छन् – सामाजिक अभियन्ता सुनील केसी । विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय छन् । उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् समाजसेवी सुनील पनि । 

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनका कारण नेपाल पनि मानवीय सङ्कटमा छ ।  एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । मजदुरीको लागि सहरमा रहेकाहरू खानकै समस्या भएपछि सयौँ किलोमिटर टाढाको दूरी हिँडेर घर जान बाध्य छन् ।

यस्तो मानवीय संकटको घडीमा एक सत्य उजागर भएको छ। हराउँदै गएको मानवता फेरि एकपटक देखिन थालेको छ । भौतिकवादीसमेत आध्यात्मिकवादतर्फ उन्मुख देखिन्छन्। हरेकले आफ्ना धर्मग्रन्थहरू कोट्याउन थालेका छन्। तर, हरेक दुखमा सहारा खोज्न जाने मन्दिर, मस्जिद र चर्चहरू यस विश्वव्यापी सङ्कटमा बन्द छन् । अहिले भगवान् मन्दिरमा नभई दुखी पीडितहरूको घर आँगनमा देखिन थालेका छन् । भगवान् मानवरूपी जीवन नै रहेछ भन्ने महसुस राहत पाएका बेसाहाराहरुले गरेका छन् । 

यस्तैमा, महासङ्कटको सारथिको रूपमा देखा परेका छन् – सामाजिक अभियन्ता सुनील केसी। विश्व नै कोरोना प्रकोप सँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय छन्। उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् समाजसेवी सुनील  र उनको समूह ।  

विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको अवधि बढ्दै जाँदा दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न वर्गमा समस्या थपिँदै गएको छ । लकडाउनका कारण धेरैले मजदुरी गर्न पाएका छैनन् । सरकारले दिने राहत सबै पीडितमाझ पुगेको छैन । केही पीडितले पाए पनि त्यो पर्याप्त छैन । 

यस्तो अवस्थामा सुनीलले खान नपाएकाहरूलाई निःशुल्क खानको प्रबन्ध गराएका छन् । उनकै पहलमा कोटेश्वरको सेतीओपी युवा क्लबले हरेक दिन बिहान १० बजेदेखि १ बजेसम्म खाना खुवाइरहेको छ । सामाजिक दूरीको ख्याल गर्दै दैनिक सयजना बढीले त्यहाँ गएर भोको पेट भरिरहेका छन् । ‘धेरै मजदुर अहिले भोकै छन्, जसलाई खाद्यसामाग्री वितरण गरे पनि पकाएर खाने भाँडाकुँडा र चुल्हो छैन, उनीहरुका लागि लकडाउन जारी रहेसम्म खाना खुवाउने छौँ,’ सुनीलले भने । 

उनी अहिले दैनिक राहत सङ्कलन तथा वितरणमा सक्रिय छन् । उनलाई अहिले कहिले कोटेश्वर, कहिले चाबहिल, कहिले कपन, कहिले कीर्तिपुर जहाँ खानाको समस्या छ, त्यहाँबाट फोन आउने गर्छ । पीडितको सहज जीवनयापनका लागि उनले राहत वितरण गर्न पुगी हाल्छन् । साथी तथा सहकर्मीको साथमा उनले केही दिनअघि भरी सिलिन्डर ग्यास समेत वितरण गरे । 

काठमाडौँमा अलपत्र परेकालाई समेत सुनिलले उद्धार गरी घरघर पुर्याउने अभियान समेत उनले सञ्चालन गरेका छन् । शिशु बोकेर कुर्लुम्म झोलासहित यात्रा गरेका मजदुर देखेपछि घरसम्म जाने चाँजो पाँजो समेत मिलाउँदै आएका छन् । 

उनी अहिले दैनिक राहत सङ्कलन तथा वितरणमा सक्रिय छन् । उनलाई अहिले कहिले कोटेश्वर, कहिले चाबहिल, कहिले कपन, कहिले कीर्तिपुर जहाँ खानाको समस्या छ, त्यहाँबाट फोन आउने गर्छ । पीडितको सहज जीवनयापनका लागि साथी तथा सहकर्मीकाे साथमा उनी राहत वितरण गर्न पुगिहाल्छन् । उनले केही दिनअघि भरी सिलिन्डर ग्यास पनि वितरण गरेका थिए । 

कोटेश्वर नरेफाँटमा ११ दिनकी सुत्केरी भोकै बस्नुपरेको खबर केही दिनअघि नेपाल फ्ल्यास डटकममा प्रकाशन भएको थियो । उक्त खबर थाहा पाएलगतै सुनीलले खाद्यन्नलगायत सुत्केरी स्याहारको सामाग्री प्रदान गरे । उनले सो टोलका १८ परिवारका लागि समेत दाल चामल तथा खाद्य सामाग्री दिएर चुलो बालिदिएका छन् । 

काठमाडौंमा अलपत्र परेकालाई समेत सुनीलले उद्धार गरी घरघर पुर्‍याउने अभियान सञ्चालन गरेका छन् । शिशु बोकेर कुर्लुम्म झोलासहित यात्रा गरेका मजदुर देखेपछि उनले घरसम्म जाने चाँजोपाँजो मिलाइँदिँदै आएका छन् । लकडाउनबाट पीडित भएकाहरूका लागि उनले दरिलो अभिभावकत्व प्रदान छन् ।

अहिले सङ्कटको समयमा जता हेर्‍यो त्यतै समस्या र जटिलता रहेको बताउने सुनील विपदमा जनताको सेवा गर्न पाउनु अवसरको रूपमा लिन्छन् । ‘यो सङ्कटमा सहयोग गर्नु गहन दायित्व हो, सेवा गर्न पाउँदा आनन्द महसुस हुन्छ,’ सुनील सुनाउँछन् । यस समयमा कोही पनि नागरिक भोकको पीडामा बस्नु नपरोस् भनेर सहयोग अभियान सुरु गरिएको उनले बताए ।

सुनील र उनको समूहले पीडितको आपतकलीन उद्धार, स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएको छ । संघ संस्था हाँक्ने, कुर्सीमा माला लगाएर बस्ने ठूलाठूला नेताहरूभन्दा संकटका सारथि उनी सच्चा हिरो रहेछन् भन्ने धेरैले महसुस गरेका छन् ।

पहिलो चरणमा बाँडेका राहत हुनेखानेले पनि पाएको भन्ने गुनासो धेरै सुनियो । धेरै ठाँउमा नागरिकता भएकालाई मात्र राहत दिने भनिएपछि सरकारको राहतबाट धेरै मजदुर विमुख भए । यस्तो अवस्थामा सुनीलले  क्विक रेस्पोन्स टिम खडा गरेर सरकारको राहतमा पहुँच नभएकाहरू तथा पर्याप्त राहत नपाएकाहरूलाई सहयता गर्न थाले । ‘जसको घरमा चुलो निभ्छ, उहाँहरु आफैँ सम्पर्क गर्नुहुन्छ र हामी घरमै पुग्छौँ,  यदि कसैलाई खानाको संकट भएकाे छ भने हामीलाई सम्पर्क गर्नुहोस्,' सुनिल भन्छन् ।

सुनील र उनको समूहले पीडितको आपतलीन उद्धार, स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छ । संघ संस्था हाँक्ने, कुर्सीमा माला लगाएर बस्ने ठूलाठूला नेताहरूभन्दा सङ्कटका सारथि उनी सच्चा हिरो रहेछन् भन्ने धेरैले महसुस गरेका छन् ।  सङ्कटका बेलामा सरकार तथा सामाजिक संस्था व्यक्तिले गरेका कामको उनले उच्च प्रसंसासमेत गरेका छन् ।

सुनीलले संकटक बेलामा आआफ्नो ठाउँबाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्वबाट नभाग्न सबैलाई अनुरोध गरेका छन् । ‘कोरोना भाइरस’बाट जोगिन सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि