बैशाख १३, २०८१, बिहीबार
               

मुसलमानले घरमै पढ्न थाले नमाज

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ । देशका विभिन्न स्थानका मस्जिदमा कोभिड–१९ संक्रमित मुसलमान लुकेर बसेको भन्ने सूचनाका आधारमा सो  अनुगमन गरिएको हो । 

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने मुस्तफमा अनुगमन गरिएको हो । मस्जिदको अनुगमनमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, पूर्वसांसद  अनारकली मियाँलगायतको सहभागिता  थियो । अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको प्रमुख पाण्डेले बताए । 

 मुसलमानले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको उनको भनाइ छ । हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि कोरोना संक्रमणको त्रासपछि भने पूर्ण रुपमा बन्द रहेको मस्जिद व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन् । प्रमुख पाण्डेले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकाले संक्रमणको त्रास नभएको जिकिर गरे । 

यो पनि