बैशाख १२, २०८१, बुधबार
               

रावणको रोल गर्ने त्रिवेदी सीता हरणको दृष्य हेरेर बने भावुक, भिडियो भयो भाइरल

एजेन्सी
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौँ । कतिपय कलाकारहरू आफैँले खेलेको रोललाई लिएर बेलाबखत भावुक बन्नु पर्छ । त्यसक्रममा  रामायणमा रावणको अभिनय गरेका अरविन्द त्रिवेदी आफ्नै भूमिकालाई हेरेर भावुक बनेका छन् ।

विश्व कोरोना संक्रमणविरुद्ध लडिरहेकाबेला अधिकांश मुलुकमा लकडाउनको अवस्था छ । भारतभर पनि यति बेला लकडाउन छ । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले यति बेला रामायण र महाभारतको पुनः प्रसारण गर्न निर्देशन दिएका थिए । त्यसपछि राष्ट्रिय टेलिभिजन दूरदर्शनले बहुचर्चित रामायण र महाभारत प्रसारण गरिरहेका छन् । त्यो भारतसँगै दक्षिण एसिया कतिपय बासिन्दालाई लकडाउनमा घरमै रहनुपर्दा समय कटाउन उपयोगी बनेको छ ।

यसैबिच रामायणमा यति बेला ल‌ंकामा रावणविरुद्ध युद्ध सुरु भएको छ । केही दिनअघिमात्रै सीता हरण गरेको भाग देखाइएको थियो । रावणको भूमिका निभाउने ८० वर्षीय त्रिवेदीले सीता हरणको दृश्य हेरेका थिए । अरविन्द त्रिवेदी त्यसबखत भावुक बनेका हुन् ।

सोसल मिडियामा उनी भावुक बनेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा रावण खेल्ने अरविन्द त्रिवेदीले टेलिभिजन सेटमा सीता-हरणको एपिसोड हेर्दै गरेका छन् । सीतालाई हरण गर्दाको दृष्य आउँदा उनी भावुकमात्रै बनेका छैनन् । उनले नमस्कारसमेत गरेका छन् ।

रामायणको प्रसारण सन् १९८७/८८ मा भएको थियो । त्यति बेला सर्वाधिक रुचाइएको रामायणले पुनः प्रसारणमा पनि माया पाइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अरविन्द त्रिवेदी रावणको भूमिकामा 'बोल्ड' देखिएका थिए । उनको लवाइ, हाँसो र अभिनय बेजोड थियो । कठोरता पनि त्यतिकै । तर तिनै कठोर पात्र अहिले भावनामा बहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि