बैशाख ०७, २०८१, शुक्रबार
               

यसकारण आज घर-घरमा दीप प्रज्वलन गरौं (भिडियो)

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) साँझ सात बजेपछि सबै नेपालीलाई घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरिएको छ । 

साँझ ७ः७ बजेदेखि राति ९ बजेर ९ मिनेटको समयसम्म सबै नेपालीलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो ।

हिन्दु धर्म तथा मान्यताअनुसार आज विशेष योग रहेको र आजको साँझ दीप प्रज्वलन गर्दा निकै शुभ हुने भएकाले सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो ।

ज्योतिष शास्त्री वासुदेव कृष्ण शास्त्रीले संसारभर फैलिएको कोरोना भाइरसको महामारीका बीच विश्व कल्याण र शान्तिको काममासहित दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरे । 

उनले आजको रात दीप बालेर प्राथना गर्दा विभिन्न तनावबाट छुटकारा मिल्नुका साथै मानिसमा सकारात्मक उत्साह बढ्ने दाबी गरे ।

ज्योतिषी कृष्ण शास्त्री, प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कँडेल र हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय कार्यवाह (महामन्त्री) मुरली निरौलाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरेका हुन् । 

आज (आइतबार) को दिन सिद्धिकारक योग (दुर्लभ समय) परेकोले यस क्षणमा दीप प्रज्ज्वलन गरि विश्व कल्याण र शान्तिको काममा गर्न सबैमा अपिल गरिएको हो ।

ज्योतिष शास्त्र अनुसार, 

- आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ । 

- यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । 

- रात्री ९ बजेको समयमा तुला लग्नको उदय हुनेछ । यतिबेला राहु नवौं भावमा हुनेछ ।

- एकसाथ दियो (दीप) बालेमा ब्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ । जसको विश्वमा सकारात्मक प्रभाव पर्नेछ ।

भिडयो हेर्नुहोस्ः

 


कस्तो लाग्यो ?

यो पनि