बैशाख ०४, २०८१, मंगलबार
               

खान नपाएको भन्दै युवकले गरे ट्विट, घर पुग्दा १० वटा बियरका बोतल

एजेन्सी
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा एक पोष्ट गरेका युवक प्रहरी खोरसम्म पुगेका छन् ।

भारत, भिवाडीको सांथलकाबाट बिहार निवासी एक युवकले ट्विट गरे ।

बिहारका पूर्व मन्त्री उपेन्द्र कुशवाहालाई सम्बोधन गर्दै उनले 'राशन तथा पैसा नभएपछि १२ जना केही दिनदेखि भोकै रहेको' ट्विट गरे ।

उक्त ट्विट रिट्विट हुँदै सीएमओसम्म पुग्यो । मामला कलेक्टर तथा एसपीसम्म यो खबर पुग्यो । 

राशन सामाग्री लिएर एक टिम युवकले भनेको ठेगानामा गयो । त्यहाँ पुगेर हेर्दा टिमका सदस्यहरु 'अक्क न बक्क' परे ।

युवकको साथमा बियरका खाली १० वटा बोटल र खानेकुरा थिए ।

टिमका सदस्यको प्रश्नपछि युवकले भने, 'साथीसँग शर्त लागेको थियो, त्यसैले मजाकमा ट्विट गरेको थिएँ ।'

त्यसपछि बिहारको पटना जिल्ला निवासी २३ वर्षीय जीतेश र समस्तीपुर निवासी २५ वर्षीय उमेश कुमारलाई प्रहरीले पक्राउ गर्‍यो ।

उनी सांथलकामा साथीसँग फ्ल्याटमा बस्दै आएका थिए । 

उनले ट्विटमा लेखेका थिए, 'लकडाउनका कारण हामी १२ जना राजस्थानको भिवाडीमा फसिरहेका छौं । कृपया सहयोग गर्नुहोस् ।'


कस्तो लाग्यो ?

यो पनि