बैशाख ११, २०८१, मंगलबार
               

चैती छठ सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह

रासस
चैत १७, २०७६

ADVERTISEMENT

धनुषा । कोरोनाभाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले  सो भाइरसको जोखिम हुन नदिन सरकारद्धारा जारी गरिएको लकडाउनलाई मध्यनजर गर्दै आज हुने सो पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन  आग्रह गरेको हो ।

सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनाका लागि सक्रिय सहयोग र समन्वयका लागि सो कार्यालयले अनुरोध समेत गरेको छ । कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्धारा  जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ ।
सन्तान प्राप्ति , निरोगिता , सुखसमृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतिकका रूपमा छठ पर्व कार्तिक र चैत महिनामा मनाइने गरिएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि