बैशाख ११, २०८१, मंगलबार
               

प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं ।  स्वास्थ्यमा केही समस्या भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री र नेकपाका वरिष्ठ नेता माधवकुमारबीच भेटघाट भएको छ । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् । दुई नेताबीच करिब ४० मेनट कुराकानी भएको छ । 

अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि भेट्न पुगेका थिए । 

मुटुको चासमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । 

उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण फागुन २१ मा गरिएको थियो । 

यो पनि