चैत १६, २०८०, शुक्रबार
               

नामीलाई दोहोरो उपाधि

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

काठमाडौं ।  नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । नामी ब्वाइज/गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।
ब्वाइज फाइनलमा नामीले आयोजक मल्पीलाई १२–५ ले पराजित गर्‍यो । नामीका आङ फुर्वा शेर्पाले ५, विकी ऐडी क्षेत्रीले ४ र मिङमार लामाले ३ अंक जोडे । ब्वाइजमा नामी नयाँ च्याम्पियन हो । अघिल्ला चारै संस्करणको उपाधि आयोजक मल्पीले जितेको थियो ।
गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन नामीले आयोजक मल्पीलाई नै १०–३ ले हराउदै उपाधि रक्षा गर्‍यो । नामीका लागि सुलक्छाया गुरुङले ५, रोशनी पोखरेलले ४ र पासाङ छोतिन् शेर्पाले १ स्कोर गरे । मल्पी पहिलोदेखि तेश्रो संस्करणको विजेता हो । विजेता र उपविजेता चारै टोलीका प्रशिक्षक राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री हुन् । ब्वाइज÷गर्ल्स दुवैमा पहिलो हुनेले १० हजार तथा दोश्रोले ५ हजार नगद पुरसकार हात पारे ।

ब्वाइजमा नामीका विकी ऐडी क्षेत्री तथा गर्ल्समा नामीकै रोशनी पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा आयुश लामा तथा गर्ल्समा श्रेया शाही प्रतियोगिताकै सर्वाधिक स्कोरकता बने । आयुशले २६ तथा श्रेयाले १२ स्कोर गरे । सर्वाधिक स्कोरकर्ताद्वय मल्पीका हुन् ।
विजेतालाई मल्पीकी प्रिन्सिपल जन थापा र युटीएस इन्सर्चकी रिजनल म्यानेजर अपराजिता मल्लले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गर्ल्समा ३ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।


कस्तो लाग्यो ?

यो पनि