बैशाख १२, २०८१, बुधबार
               

टिकटक भिडियो बनाउँदा एसिपीको घरमा फायरिङ भएपछि...

एजेन्सी
फागुन २५, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्ली प्रहरीमा कार्यरत सहायक आयुक्त (एसिपी) को घरमा फायरिङ गर्ने एक युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

नोएडा प्रहरीले घटना भएको २४ घण्टाभित्र पुनीत सिसोदियालाई पक्राउ गरेको जनाएको हो ।

उनको साथबाट लाइसेन्ससहितको हतियार समेत बरामद भएको छ ।

प्रहरीसमक्ष उनले टिकटकको लागि भिडियो बनाउने क्रममा फायरिङ गरेको बयान दिएका छन् ।

मार्च ६ को दिन सेक्टर-१३४ स्थित कसमस सोसाइटीमा यो घटना भएको थियो ।

उनले कालो कलरको स्कार्पियोबाट फयरिङ गरेका थिए । 

प्रहरीले उनको साथबाट स्कार्पियो, लाइसेन्ससहतिको रिभल्वर, आइफोन लगायतका सामाग्री बरामद गरेको छ ।

हतियारको साथमा स्टाइलिश फोटो खिच्ने तथा टिकटक भिडियो बनाउने काममा घटनाका आरोपि पुनीत निकै शौखिन थिए ।


कस्तो लाग्यो ?

यो पनि