बैशाख १४, २०८१, शुक्रबार
               

एप्पल जस्तै देखिने ओप्पोको ‘स्मार्टवाच’ आउँदै

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । ओप्पोले एप्पलजस्तै स्मार्टवाच बजारमा ल्याउने भएको छ । कम्पनीले ट्विटरमा फोटो सेयर गर्दै ‘ओप्पो वाच’ मार्च ६ तारिखमा सार्वजनिक गर्ने जानकारी दिइएको हाे । कम्पनीले आउँदो शुक्रबार नै ओप्पोवाचको फिचरबारे जानकारी दिने बताएको छ । 

फोटोमा देखिएअनुसार घडीमा फोन उठाउन र काट्ने सकिने एवं फोन गर्ने व्यक्तिलाई म्यासेज पठाउन सकिने फिचर उपलब्ध रहेको बताइएको छ ।

आकार एप्पलको स्मार्टवाच ‘डिजिटल क्राउन’को जस्तै देखिए पनि यसको काम गर्ने शैली भने फरक छ । घडीमा दुईओटा लामा बटम पनि रहेको छ ।

घडीको स्क्रिन मोडिएको र ३डीमा छ । घडीको दुई बटमको बीचमा ‘माइक्रोफोन’ समेत छ भने सानो बमको बीचमा हरियो लाइन रहेको छ । ओप्पोको स्मार्टवाच एन्ड्रोइड सिस्टममा रहेको र यसले गुगलको अपरेटिङ सिस्टम ‘ब्येरओएस’ प्रयोग गरेको हुनसक्ने बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि