बैशाख ११, २०८१, मंगलबार
               

सडक विस्तारका क्रममा पक्राउ परेकालाई रिहा गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौैं । सर्वोच्चले बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शनका क्रममा पक्राउ परेका स्थानीयलाई रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले स्पष्ट आधार र कारणविना निवेदकहरुलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट औचित्यपूर्ण उल्लेख गर्दै उनीहरुलाई रिहाइ गर्न आदेश दिएको हो । 

बालाजु बाइसधारा क्षेत्रमा सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको भन्दै प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरु गतबुधबार पक्राउ परेका थिए ।

उनीहरुलाई राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्यादसमेत लिएको थियो । 

‘निजहरुले राज्यविरुद्ध के कुन कसुर गरेको भन्ने स्पष्ट नै नगरी पक्राउ पूर्जी दिइएको र म्याद थप माग गर्दा र म्याद थपको आदेश गर्दासमेत सो को स्पष्ट आधार र कारण मिसिल संलग्न कारणबाट खुल्न सकेको नदेखिँदा निवेदकहरुको थुना गैरकानुनी देखियो,’ सर्वोच्चको आदेशमा छ । 


कस्तो लाग्यो ?

यो पनि