चैत १५, २०८०, बिहीबार
               

वैज्ञानिक वन व्यवस्थापनका नाममा आएको एक अर्ब घुस इनकार गरेँ : मन्त्री आले

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीका नाममा आफूलाई एक अर्ब घुसको अफर आएको खुलासा गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले सो खुलासा गरेका हुन् । 

गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । 

‘जुन दिन मैले पदको वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी र केही बदमास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ । पछि एक अर्ब पैसा उठाएर दिनेसम्मका कुरा आए ।मैले हुँदैन भनेर इन्कार गरेँ,’ मन्त्री आलेले भने । 

वैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा वन फँडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बदनाम पार्ने काम भएकाले प्रधानमन्त्रीले वैज्ञानिक वन कार्यक्रम खारेज गर्नका लागि प्रधानमन्त्रीले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको मन्त्री आलेले बताए । 


कस्तो लाग्यो ?

यो पनि