बैशाख १४, २०८१, शुक्रबार
               

विप्लव समूहले पनि गठन गर्‍यो दुई सदस्य वार्ता टोली

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं  ।  विप्लव समूह नेकपाले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य उदय चलाउनेसहित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । 

विप्लव समूहले मंगलबार एक विज्ञप्तिमार्फत् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउनेको नेतृत्वमा दुई सदस्य वार्ता टोली गठन गरेको जानकारी दिएको हो । 

२०७५ साल फागनु  २८ मा केपी शर्मा ओलीको सरकारले नै प्रतिबन्धित गरेको थियो । मंगलबार केपी शर्मा ओलीकै पालामा वार्ताका लागि सरकार र विप्लव समूहले वार्ताका लागि वार्ता टोली गठन गरेका छन् । 

सरकारले मंगलबार नै  गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेको छ । सरकार र विप्लव समूहबीच वार्ताको तयारी भएको हो । 

यो पनि

 


कस्तो लाग्यो ?

यो पनि