चैत ०६, २०८०, मंगलबार
               

खोप र मास्कको प्रयोग अनावश्यक बताउने ट्रम्पले जनवरीमै खोप लगाएको तथ्य सार्वजनिक

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाइसकेका तथ्य सार्वजनिक भएको छ । 

उनीहरूले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएका तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । 

चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएका उनका सल्लाहकारले सोमबार जानकारी दिएका छन् ।

“राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोनाविरुद्धको खोप लगाउनु भएको थियो,” सल्लाहकारले भने ।

तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताएका थिए । त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो । 

उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरूले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिए पनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए । 

ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नु भएको थियो । त्यसपछि अहिले जो बाइडेन अमेरिकाको राष्ट्रपति छन् ।

कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना गर्न विश्व स्वास्थ्य संगठन लगाएका आधिकारिक र जिम्मेवार निकाय तथा वैज्ञानिकहरूले सुझाव दिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि