चैत ०६, २०८०, मंगलबार
               

चीनमा एक वर्षमा २५९ अर्बपति थपिए

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

सन् २०२० मा चीनमा २५९ जना नयाँ अर्बपति थपिएका छन् । शेयर बजारमा वृद्धिसँगै थुप्रै नयाँ कम्पनीहरू सूचीकृत भएकाे हुँदा अर्बपतिहरूको संख्या ह्वात्तै बढेको हुरनले जनाएकाे छ ।  

सन् २०२० मा चीनमा मात्र थपिएका नयाँ अर्बपतिहरूको संख्या सोही अवधिमा विश्वको कुल नयाँ अर्बपति संख्याभन्दा धेरै हो । यससँगै चीनमा कुल अर्बपतिहरूको संख्या १ हजार ५८ जना पुगेको छ ।

यता अमेरिकामा सोही अवधिमा ७० जना मात्र नयाँ अर्बपतिहरू थपिएका छन् । यससँगै, अमेरिकामा अर्बपतिहरूको संख्या ६९६ पुगेको छ । अर्बपतिहरूको संख्या एक हजारभन्दा बढी हुनेमा चीन पहिलो देश बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि