बैशाख ११, २०८१, मंगलबार
               

दुर्घटना हुँदा दुईकाे मृत्यु, तीनजना घाइते

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक वीरेन्द्र शाहीको मृत्यु भएको हाे ।

दुर्घटनामा परी घाइते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । 

बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा गएराति ना८च ५४५६ नं को टिपरले सडकमा गुडिरहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका– ५ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ । 

दुर्घटनामा मृतकका दाजु ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि