चैत १६, २०८०, शुक्रबार
               

ताप्लेजुङ आगलागी : ३५ घर जलेर नष्ट, पाँचथरबाट समेत झिकाइयो दमकल (अपडेट)

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ ।

आज बिहान भोला पौडेलका घरबाट आगलागी सुरु भएको स्थानीयवासी गणेश कार्कीले बताए ।  दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । कार्कीले भने “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौंँ ।” 

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।”


कस्तो लाग्यो ?

यो पनि