बैशाख १२, २०८१, बुधबार
               

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापा पुगेर नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेका प्रधानमन्त्री केपी फेरि आज गृहजिल्ला झापा जाँदैछन् ।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेका हुन् । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ ।

प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् । झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने ओलीको अहिले देश दौडाहा बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि