चैत ०६, २०८०, मंगलबार
               

ईयूद्वारा जर्जियाको संकट रोक्न आग्रह

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

टिब्लिसी । युरोपेली संघ (इयू) ले सोमबार जर्जियालाई शीर्ष विपक्षी नेताको गिरफ्तारीसँगै बढेको गम्भीर राजनीतिक संकट रोक्न आग्रह गरेको छ । 

जर्जियाली राजधानी तिब्लिसीको भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले इयू जर्जीयाको बढ्दो संकटप्रति चिन्तित रहेको बताएका हुन् । अक्टोबरमा संसदीय निर्वाचन भएदेखि नै यूरोप र एशियाको सीमा क्षेत्रमा रहेको जर्जीया संकटबीच गुज्रिरहेको छ ।

विपक्षीहरूले यसमाथि कडा आलोचना गरेको छ । गत हप्ता जर्जियाका मुख्य विपक्षी दल, संयुक्त राष्ट्रिय आन्दोलन (यूएनएम) का नेता निक मेलियाको गिरफ्तारीले तनावलाई झनै चर्काएको छ । 

इयूले सबै पक्षहरुलाई परिस्थिति बिगार्न प्रयास गर्ने र साझा आधार पत्ता लगाउन एकजुट हुन आह्वान गरेको मिशेलले जर्जियाका राष्ट्रपति सलोमी जुराबिश्विलीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताए ।

उनले सरकार र आन्दोलतरत विपक्षीबीच छिट्टै समस्याको समाधानका लागि वार्ता हुने पनि बताए । जर्जीयामा केही दिनदेखि आन्दोलन सशक्त बन्दै गएको छ । 


कस्तो लाग्यो ?

यो पनि