चैत १५, २०८०, बिहीबार
               

बेलायती राजकुमार फिलिपको अवस्था जटिल, अर्को अस्पतालमा लगियो

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

लण्डन । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।

बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ वर्षीय श्रीमान फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ । 

उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् ।लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । 

‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,’ एक अधिकारीले भने । उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ । 

राजकुमार फिलिपले आउँदो जुन १० मा १००औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ वर्ष पुगेकी छन् । उनिहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि