बैशाख ०७, २०८१, शुक्रबार
               

रियल म्याड्रिड र सोसियडाड १–१ गोलको बराबरीमा

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । गए राति सम्पन्न भएको स्पेनिस ला लिगाअन्तर्गत फुटबल खेलमा  रियल म्याड्रिड र रियल सोसियडाडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । रियल सोसियडाडका पोर्टूले खेलको ५५औँ मिनेटमा सुरुवाती गोल  गरेका थिए ।

उक्त गोलको गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औँ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट जोगाएका थिए । ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौँ खेल खेल्ने क्रममा क्लबलाई हारबाट जोगाएका हुन् ।

यो बराबरीको अंक तालिकामा बार्सिलोनालाई फाइदा भएको छ । बराबरीसँगै रियल म्याड्रिडले बार्सिलोनालाई उछिनेर दोस्रो स्थानमा जाने अवसर गुमाएको छ ।

ला लिगामा रियल म्याड्रिडको २५ खेलमा ५३ अंक रहेको र तेस्रो स्थानमै रहेको छ । त्यस्तै, २५ खेलमा ५३ अंक नै भएको बार्सिलोना गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि