बैशाख ०४, २०८१, मंगलबार
               

राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० गतेभित्रै

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको सोमबार बसेको बैठकले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए ।

बैठकले स्थानीय तह परिषद् तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित गरेको छ । निर्देशिकामा जिल्ला निर्वाचन समितिको गठन फागनु २५ गतेभित्र गरिसक्ने तथा सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने उल्लेख छ ।

वडादेखि जिल्ला तहसम्मका इकाई समितिको गठन यही चैत मसान्तसम्ममा गरिसक्ने पनि उल्लेख छ । समायोजन गर्न बाँकी केही जिल्लाको सात दिनभित्र समायोजन गर्न नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र भास्कर भद्रालाई जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि