बैशाख ०७, २०८१, शुक्रबार
               

चीनले नेपाललाई थप ३ लाख कोरोनाविरुद्धको खोप दिने

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज (कोरोना भ्याक्सिन) अनुदान दिने प्रतिवद्धता जनाएकी हुन् ।

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए । 

चीनको सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन चीन सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि