बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकारको प्रक्रिय अघि बढ्छ: भट्टराई

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्तीको आलोचना गर्दै राजीनामा दिनुपर्ने बताएका छन् । 

प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित भेलालाई सम्बोधनका क्रममा नेता भट्टराईले सो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीले राजीनामा दिनेमा आफूहरु विश्वस्त रहेको बताए । सो क्रममा उनले प्रधानमन्त्री ओलीको राजीनामा सँगै नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा अदालतले फैसला दिएसँगै उनी निराश बनेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि