बैशाख १३, २०८१, बिहीबार
               

हिमालयन ह्याइटहाउस विजयी

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं  । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत सोमबार भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्याइटहाउस विजयी भएको छ । 

पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई एक सय पाँच रनको फराकिलो अन्तरले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो ।

उसका लागि अंकित बिएमले ३३, सन्दीप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए । बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्‍वकर्मा र यकुव मियाँले २/२ विकेट लिए । 

१७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो । उसका लागि खुम चौधरीले अविजित रहँदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दिप विष्टले ३, सुरेश रावल र अनिल थापाले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए । 


कस्तो लाग्यो ?

यो पनि