चैत ०६, २०८०, मंगलबार
               

आयोगले हामीलाई आधिकारिकता दिइसक्यो : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले पार्टीको आधिकारिकता पाइसकेको बताएका छन् । 

पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन  गर्ने क्रममा अध्यक्ष दाहलले सो दाबी गरेका हुन् । 

निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा आफूले निष्कर्षमा पुगेको उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा पनि हार हुने जिकिर गरे । ओली सबैतिर नांगेझार भइसक्दा पनि लुगा लगाएर हिँडेको देख्दा आफू आश्चर्यमा परेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि