बैशाख १३, २०८१, बिहीबार
               

‘केपी ओली फाउन्डेसन’ खोल्न ओलीलाई नेपालको सुझाव

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई ‘फाउन्डेसन’ खोल्न सुझाव दिएका छन् ।

सोमबार पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको संयुक्त भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुुन् । सोही क्रममा उनले ओलीलाई नाम र चिह्न प्रयोग गर्ने कुनै अधिकार नरहेको बताए ।  

‘ओली कारबाहीमा परिसकेका छन् । जसको जानकारी निर्वाचन आयोगले पाइसकेकाले उनका गतिविधि अवैध छन् । हामीले उनलाई (केपी) ओलीलाई हटाएका छौँ । तर, उनी नेकपाको अध्यक्ष भनेर भाषण गरेर नेकपाको नाम, उही चिह्न उही झन्डा प्रयोग गरेर हिँडिरहेका छन् । अरू पार्टीलाई पनि एउटै पार्टीको हो कि भन्ने भ्रममा पारेका छन्,’ नेपालले भने, ‘निर्वाचन आयोगमा हामीले केपी ओली अब अध्यक्ष नरहेको जानकारी गराइसकेका छौँ । केपी ओली विधानभन्दा माथि हुन सक्छन्  ? कमिटीलाई हटाउने अधिकार हुन्छ । नेकपाको नाम प्रयोग गर्ने अधिकार केपी ओली र उनका नजिककालाई छैन ।’

अध्यक्ष नेपालले निर्वाचन आयोगले कानुनसम्मत आधिकारिकता विवाद निरूपण गरिदिने बताउँदै प्रधानमन्त्री ओलीलाई केपी ओली फाउन्डेसन खोल्न सुझाव दिए । सो क्रममा उनले भने, ‘यो पार्टी नै आधिकारिक भन्नेमा द्विविधा छैन । सूर्य चिह्न हामी जहाँ छौँ, त्यहीँ छ।’


कस्तो लाग्यो ?

यो पनि