बैशाख १४, २०८१, शुक्रबार
               

मेरो ज्यानकै खतरा छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । सोमबार पोखरामा आफू पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमलाको सम्भावना रहेको बताउँदै यदि त्यसो भए अनौठो नमान्दा हुने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू अनौठो नमान्नु होला, यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला ।’ 

आफू नरहे पनि पार्टी र आन्दोलन रहने बताउँदै उनले आफू नरहँदा कुनै पनि फरक नपर्ने बताए । ‘म नरहे पनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्त्वका मतियारहरूसँग घुँडा टेक्नुहुँदैन,’ ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

सोही क्रममा उनले दाहाल-नेपालसँग प्रचण्ड–नेपालसँग केन्द्रीय समितिको बहुमत छ भन्ने कुरा पुष्टि नभएको बताएका छन्।

‘उहाँहरुले भन्नुभएछ हामीसँग केन्द्रीय समितिको बहुमत छ’, ओलीले भने, ‘कहाँ पुष्टि भयो त? त्यो पुष्टि भएको छैन। त्यो बहुमत होइन्।’

उनले कार्की ब्यांकेटमा पार्टी खाना बोलाएर केन्द्रीय सदस्यको गणना गर्न नमिल्ने भन्दै उनले पार्टी बैठकबाट पुष्टि हुने बताए। उनले त्यसका लागि विधिवत रुपमा आउनसमेत आग्रह गरे।

सोही क्रममा प्रधानमन्त्री ओलीले आफूले २०२९ सालमा माधव नेपाललाई राजनीतिमा ल्याएको पनि बताउँदै आफूहरूले नेपाललाई १५ वर्षसम्म निर्विरोध छाडेको पनि बताए ।


कस्तो लाग्यो ?

यो पनि