बैशाख ०८, २०८१, शनिबार
               

महिला हस्तकला मेला यही फागुन २२ देखि

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो ।

ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले जानकारी दिइन् । 

उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला संघको सहयोग रहेको छ । मेलामा काठमाडौं उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासंघले जनाएको छ । मेलामा ५० भन्दा बढी कक्ष रहने छन् ।

यस्तै, नेपाल हस्तकला महासंघको आयोजनामा विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ । नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला विसं २०७७ मा कोरोना संक्रमणका कारण रोकिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि