बैशाख १४, २०८१, शुक्रबार
               

कृषा बनिन् मिस नेवा:

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

मिस नेवा:को डल्लुकी कृषा महर्जनले जितेकी छन् । नेप्लीज फेसन होमकाे आयोजनामा शनिवार राति नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेवार युवतीहरूबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना १४ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा  ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फष्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन मिस नेवाः नेपाल सेकेण्ड रनर्सअप चुनिए । 

नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेण्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिएका छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन् । 


कस्तो लाग्यो ?

यो पनि