चैत १५, २०८०, बिहीबार
               

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी ब्युटी ब्लगर भाइरल

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं  । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी ब्युटी ब्लगर आमना इमरान सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।

सामाजिकसञ्जालमा सक्रिय आमनाले कैयौं तस्वीरहरु ऐश्वर्याकै जस्ता तस्वीर सार्वजनिक गरेकी छिन् । सामाजिकसञ्जाल प्रयोगकर्ताले उनलाई ऐश्वर्याको ‘कार्बन कपि’को उपनाम दिएका छन् । 

आमना पनि आफूलाई ऐश्वर्याकै फोटोकपी मान्छिन् । उनले आफूलाई ऐश्वर्याको कार्बन कपी भन्दै उनी शान्ति, प्रेम, एकता, सहिष्णुता र विनम्रतामा विश्वास राख्ने बताउछिन् ।

आमना अघि पनि ऐश्वर्याकै कार्बन कपीहरु भाइरल भइसकेका छन् । यसमा स्नेहा उलाल प्रमुख छिन् । सन् २००५ मा जब उनले ‘लकीः नो टाइम फर लभ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

त्यो समयमा अभिनेता सलमान खानले ऐश्वर्या जस्तै देखिने भएकाले स्नेहालाई बलिउडमा ल्याएको समाचार पनि आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि