चैत १६, २०८०, शुक्रबार
               

आज मन्त्रिपरिषद्को बैठक बस्ने

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापना भएपछि पहिलो पटक बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना छ ।

गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि