चैत १६, २०८०, शुक्रबार
               

ज्योति लाइफकाे शेयर फागुन २३ मा निष्काशन हुने

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधरण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । 


कस्तो लाग्यो ?

यो पनि