बैशाख १३, २०८१, बिहीबार
               

एकैदिन सभापति देउवासँग चिनियाँ र भारतीय राजदूतको भेटवार्ता

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा राजनीतिक विवाद र संकट पैदा भएसँगै पूर्वमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी  र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

दुवै राजदूतले बिहीबार अपरान्ह फरक–फरक समयमा भेटवार्ता गरेको स्रोतले जनाएको छ । सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरुले भेटवार्ता गरेको बताइएको छ ।

बिहीबार नै कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठक सकिएलगत्तै राजदूतहरुले सभापति देउवालाई भेटेर राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका हुन् । नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन् । 

प्रचण्ड–नेपाल समूहका दुवै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए । गत पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि नेकपामा विवाद चर्किएको छ ।
 

यो पनि