बैशाख १३, २०८१, बिहीबार
               

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस माग्दै गरेको अवस्थामा बिहीबारपक्राउ गरिएको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट पक्राउ गरिएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यो पनि