बैशाख ०६, २०८१, बिहीबार
               

रुसका विपक्षी नेता नाभाल्नीलाई जेलबाट अज्ञात स्थानमा लगियो

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेलबाट अज्ञात स्थानमा लगिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका विपक्षी तथा भ्रष्टाचार विरोधी नेता नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको विभिन्न सञ्चार माध्यमले जनाएको छ ।

उनलाई जेलबाट निकालेर कहाँ लगिएको हो भन्ने कुराको जानकारी नभएको बताइएको छ । साथै नेता नाभाल्नीलाई अर्को कुनै जेलमा लगिएको आशंका पनि गरिएको छ ।

यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको थियो । नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर विपक्षी नेता हुन् ।

गत वर्ष उनलाई साइबेरियामा झुक्याएर विष पिलाइएको थियो भने एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको हत्या प्रयास गरेको निष्कर्ष निकालेको थियो ।

गम्भीर विरामी परेर कोमामा पुगेका उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । यसै वर्षको जनवरीमा उनी जर्मनीबाट रुस फर्किएका थिए । रुस फर्किएलगत्तै उनलाई पक्राउ गरिएको थियो । 

यो पनि