बैशाख ०८, २०८१, शनिबार
               

स्वास्थ्य मापदण्ड पालना गर्न बङ्गलादेशकी प्रधानमन्त्री हसिनाको आह्वान

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेकी छन् । कोरोना भाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सवै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ । 

कोरोना भाइरस विरुद्धको खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना गर्न भने हेलचेक्र्याइ गर्न नहुनेमा उनले सबैको ध्यानाकर्षण गराएकी छन् । राजधानी ढाकाबाट बिहीबार एउटा कार्यक्रमलाई भिडियोमार्फत् सम्वोधन गर्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न दोहोर्याएर आग्रह गरेकी हुन् । 

मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, हातमा सेनिटाइजर लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत मापदण्डको पालना गर्न उनले जोड दिएकी थिइन् । 

स्वास्थ्य मापदण्डहरुको पालना नै कारोना भाइरस विरुद्धको लडाइको मुख्य उपाय भएको प्रधानमन्त्री हसिनाको ठहर छ । बङ्गलादेशमा बिहीबार एक दिन मात्रै १४० जना नयाँ सङ्क्रमित भेटिएका छन् भने कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार कोरोनाका कारण बङ्गलादेशमा अहिलेसम्म पाँच लाख ४४ हजार ९५४ जना सङ्क्रमित हुँदा आठ हजार ३८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १५ हजार ५६० जनाको कोरोना परीक्षण गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी बङ्गलादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७५५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ९५७ जना बिहीबार सङ्क्रमणमुक्त भएका हुन् ।  

यो पनि