बैशाख ०८, २०८१, शनिबार
               

औषधि विभागका अधिकृत दुई लाख घुससहित पक्राउ

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख रुपैयाँ घुस रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको  ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि