बैशाख ०८, २०८१, शनिबार
               

२४ घन्टामा थप ११२ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ११२ जना कोरोना संक्रमित पहिचान भएका छन् । 

पछिल्लो चौबीस घण्टामा उल्लेखित सङ्क्रमित पहिचान भएसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ४११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८४ जना सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले हाल ८८२ जना बिरामीमा कोभिड १९ को सङ्क्रमण सक्रिय रहेको जनाएको छ । बुधबार भने एक हजार ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको थियो । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि