बैशाख ०७, २०८१, शुक्रबार
               

सुन खानीमा पुरिँदा पाँचको मृत्यु, ७० जना बेपत्ता

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले जानकारी दिएको छ ।

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए । 

पाँचवटा लाशहरू  भेट्टिएको र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताए । बुधवारदेखि हराएका व्यक्तिहरूको खोजी र उद्धारको कार्य सुरू गरिएको छ ।

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि