बैशाख ०७, २०८१, शुक्रबार
               

अष्ट्रेलियामा समाचारका लागि अब फेसबुक र गुगलले रकम तिर्नुपर्ने

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानून अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानून अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हाे ।

यो कानूनको अमेरिकी प्रविधि कम्पनीहरूले विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार शेयर गर्न प्रतिबन्ध लगाएको थियो । यद्यपि यसै हप्ता सरकारका प्रतिनिधिसँग वार्ता गरेपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो । यही वार्ताको आधारमा सरकारले तल्लो सदनमा पेश गरेको प्रस्तावित कानूनमा संशोधन गरेको थियो र केही विषयमा दुवै कम्पनीहरूलाई नयाँ कानूनमार्फत् केही राहत मिल्ने प्रावधान राखिएको छ ।

तर दुवै कम्पनीहरूलाई अष्ट्रेलियाका ठूला प्रकाशकहरूलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ । यद्यपि कति रकम दिनुपर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

यस्तो कानुन बनाउने अष्ट्रेलिया विश्वको पहिलो देश बनेको छ । अष्ट्रेलियाको यो नयाँ कानून विश्वभरका नियामक निकायका लागि नयाँ मोडेल सावित हुनसक्ने बीबीसीले जनाएको छ ।

यो पनि