बैशाख ०७, २०८१, शुक्रबार
               

वामदेव गौतम र प्रचण्डबीच छलफल

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

नेकपाका उपाध्यक्ष वामदेव गौतम र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएकाे छ । पार्टी एक हुनुपर्ने माग लिएर गौतम प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।  

गौतमले प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गरिदिन प्रचण्डसँग आग्रह गरेका थिए । गौतमले नेकपा विवाद मिलाउने जिम्मा प्रचण्डकाे काँधमा रहेकाे भन्दै प्रचण्डलाई आग्रह गर्न पुगेका बुझिएकाे छ । 

बिहीवार बिहान दुवै नेताबीच करीब १ घण्टा कुराकानी भएको थियो । पछिल्लो समय ओली समूह र प्रचण्ड नेपाल समूह गरी दोहोरी चलिहँदा वामदेव गौतम भने एकता अभियानमा लागेका छन् ।


कस्तो लाग्यो ?

यो पनि